First aid !!!!!!!!

दुर्घटनामा ज्यान जोगाउने उपाय
                                                                                             म सुर्खेतको नाम चलेको विद्यालय श्री भैरव उच्च मा. वि.मा पढ्दै थिऍ I दशैँको ताका थियो ,गाउँघरमा पटकाको एकदमै ठूलो माहोल थियो Iतर बजारमा प्रहरीले पटाकामाथि प्रतिबन्द लगाएको थियो Iआफू त केटाकेटी मान्छे परियो, पटका भनेपछि हुरूक्कै हुन्थेँ I बजार गएर पटका किनेर ल्याएर पट्काउने उद्देश्यले म र मेरो मिल्ने साथिले कक्षा छोडेर भाग्ने निधो ग-यौं Iबिच बजारलाई विरेन्द्र चोक भनिन्थो । सायद राजा विरेन्द्रको प्रतिमा भएर पनि होला । त्यहीँ विरेन्द्र चोक  नजिकैको श्री जन उच्च मा. वि. मा मेरो दाई पढ्दै हुनुहन्थो । साथि र म दाइको स्कुलमा गयौं ताकि हामीलाई पटका सम्बन्धी अझ धेरै कुरा थाहा होस् । त्यो कहाँ,कता, कति, कसरी पाइन्छ भन्ने आदिको जवाफ खोज्न हामी त्यहाँ पुगेका थियौ । मुख्य गेटबाट पालेले हामीलाई भित्र जान दिएन । मैले दाइको नाम र कक्षा भनेपछि पालेले नै दाइलाई बोलाइदिनुभयो । दाइ मलाई देखेर छक्क पनुभयो । दाइ मलाई भन्दा पनि मेरो कक्षा छोडेको देखेर छक्क पर्नुभएको रहेछ,मलाई पछि थाहा भयो । दाइलाई पटका बारेमा सोधीवरि हामी बजारतिर लाग्यौ । दाइले दिएको जानकारी अनुसार बजारमा भैयाहरूको पसलमा पाउछ तर यसो मिलाएर सोध्नुपर्छ हैनभने दिदैनन् भन्नुभएको थियो । पसलेलाई पनि हाम्रो डर हुँदोरहेछ,मैँले अड्कल गरे तर अलिअलि हो रहेछ अलिअलि हैनरहेछ । खासमा प्रहरीको सुराकीको डर हुँदोरहेछ । त्यसैले दाइले मिलाएर भन्नुभएको रहेछ। तर दिनभरि हामीले कति खोज्यौं तर कहीं पनि भेटाएन्यौ । हामी जाबो भुराहरूलाई कसले पो पत्याउँथ्योँ र ! साझमा रित्तो हात फर्नुपनेभयो । दिन भरको घुमाइ र घामले लखतरान म र मेरो साथि फर्किने सुरसार ग-यौ । हाम्रो पटका पट्कने र रमाईलो गर्ने सपना तुहिएर जाने भयो । हामी फर्किदैथियौ खोर्केखोलामाथिको चाइना पुल देखिरहेको थियो । त्यो पुल चाइनाका मान्छेले बनाएका रे, आमा भन्नुहुन्थो । त्यसैले चाइना पुल भनेको होला । गाडिको आवतजावत धेरै थियो। त्यसैबखत साथिले जेब्रा क्रसिङ नभएको ठाउबाट नै बाटो काटिहाल्यो, म अहिले पनि सम्झन्छु । मैले पनि बाटो काट्नुप-यो भनि बिचबाटै काट्न आटेको थिऍ उताबाट मोटरसाइकल 1२० कि. मि. प्रतिघण्टाको स्पिडमा आइरहेको रहेछ ।त्यसपछि त मैँले केही सम्झिनै सकिन। मेरो मोटरसाइकल दुर्घटना भएछ। मलाई कसैले ढिलै भए पनि नजिकैको अस्पतालमा पु-याएछन् । मेरो साथी मेरो दुर्घटना देखेर घरतिर भाग्दिएछ, त्यस्तै अवस्थामा छोडेर । अस्पतालमा डाक्टरहरूले मेरो स्कुलको ड्रेस चिनेपछि स्कुलबाट शिक्षकलाई बोलाएर मेरो बुबाआमालाई बोलाउन लगाउनु भएछ।

अनि ठुलो उपचारको सुरुवात गरिएछ । केहिदिनको उपचार पछि डाक्टर निराशाजनक समाचार लिएर आमाबुबालाई सुनाउन आइपुग्नुभएछ । माफ गर्नुहोस् तपाइँको छोरालाई टाउकोमा गहिरो चोट लागेको रहेछ । समयमै अस्पताल ल्याउन ढिलाइ गरेकोले तँपाइँको छोरा कोमामा जानुभएको छ,थाहा छैन कहिले होस आउनेछ । यो सब सुनेपछि कुन आमाबाबुको मन रूदैनथ्योँ र ! आमा त अचेत भइ भुइँमा  लड्नु भएछ ,अनि बुबापनि निराश !
     मेरो मुटुको धड्कन एकदमै बढेको थियो । म एकदम असिनपसिन भएको थिएँ । उठेको त सपना पो रहेछ ! म ओछ्यान मैँ थिएँ । रिसले चुर मेरा आँखा फुलेर  रिठ्ठाको  गेडाझैँ भएका थिएँ ।  हत्तेरिको कस्तो सपना देखेको रहेछु बेकारमा ।

                                                                                                                                                                                                                                             
  मैले माथि देखेको र देखाएको सपना, सपना मात्र होइन धेरैको हकमा यथार्त पनि हुन  सक्छ । विश्व स्वास्थ्य संगठन अनुसार विश्वका प्रमुख दश अकाल ज्यान गुमाउने कारणमा घरेलु दूर्घटना ,बाटोघाटो ( ट्राफिक )  दुर्घटना, आगलागी आदि पनि पर्छन् । अमेरिकाको हकमा हेर्ने हो भने ट्राफिक दुर्घटनाले चौंथो स्थान ओगट्छ ।  नेपालको हकमा पनि यसले ठुलै मात्रामा जन र धनको विनाश गरेको छ । यी दुर्घटनामा परेर विश्वमा दसौंलाख व्यक्तिले ज्यान गुमाउनु परिरहेको छ । ज्यान गुमाउनेहरूमा दुई-तिहाई भन्दा बढी मानिस देशका युवा जनशक्ति छन् । जो १५ देखि ४० बर्ष उमेर समूहका छन् । विश्व स्वास्थ्य संगठनको सर्वेक्षण अनुसार यदि यही तरिकाले दुर्घटना बढ्दै जाने हो भने सन् २०३० भन्दा अगाडि सम्म यो विश्वको ज्यान गुमाउनुको सातौं कारण बन्नेछ । रोग लागेर ज्यान गुमाउनु  भन्दा दुर्घटनामा परेर ज्यान गुमाउनु बढी पिडादायक हुन्छ । माथि उल्लेखित दुर्घटनाहरू मान्छेका सानातिना लापर्बाहीले गर्दा हुने गर्दछन् । गाडी धेरै गतिमा चलाउँनाले ,जथाभावी बाटो काट्नाले दुर्घटनाको संभावना बढेर जान्छ । त्यस्तै घरमा आगलागीको कारणेले करोडौं धनराशिको नोक्सान हुनसक्छ । त्यसैले बेलैमा ध्यान पु-याउन सकेमा पछि पछुताउनु पर्दैन ।
   आज म यहाँ सवारी दुर्घटनापछि तँपाइले  खेल्न सक्ने र कसैको ज्यान जोखिमबाट मुक्त गराउन सक्ने भूमिकाबारे प्रष्ट गर्दैछु । दुर्घटना अस्पतालको अघि हैन तँपाइको अगाडि घटिरहेको हुन्छ । त्यसैले तँपाइ र तँपाइजस्ता कुशल व्यक्तिको खाँचो परिरहेको हुन्छ । मैले यहाँ उद्धृत गर्न गइरहेको बिषय प्राथमिक उपचारको हो । सडक सवारी गुर्घटनामा घाइतेको ज्यान जोखिममुक्त बनाउन तँपाइले अपनाउनु पर्ने उपायहरू वर्णन गरिएको छ।
   प्राथमिक उपचार भन्नाले घटनास्थलमा उपस्थित व्यक्तिले अरू दक्ष जनशक्ति आइ नपुग्दासम्म वा अस्पताल पु-याइ नसक्दासम्म दिने सहायता हो , जसले घाइतेको ज्यान खतरामुक्त पार्न सकोस् त्यसैलाई  बुझिन्छ ।
प्राथमिक उपचारको क्रममा पहिलो चरणको  काम भनेको त्यो क्षेत्रलाई सुरक्षित पार्नु हो । जसले गर्दा तँपाइ र घाइतेको ज्यान सुरक्षित एवं अरू जोखिमबाट मुक्त हुन्छ । त्यसका लागि पहिलो काम भनेको गाडिको इञ्जिन बन्द गर्नुपर्ने हुन्छ । तेलको पाइप फुटेर चुहिएको हुनसक्छ । त्यसलाई बन्द गर्नुपर्छ । अनि विधुतिय सट भएको हुनसक्छ, त्यसलाई बन्द गर्नुपर्छ । तब मात्र तँपाइको घटनास्थल सुरक्षित मान्न सकिन्छ । दोस्रो नंबरमा प्रहरी प्रशासन र एम्बुलेन्सलाई फोन गर्नुपर्नुपर्नेहुन्छ । नजिकैको टेलिफोनबाट फोन गर्न सकिन्छ, आकस्मिक फोन गर्दा पैसा लाग्दैन । अब तँपाइको दोस्रो चरणको काम शुरू हुन्छ ,जसले घाइतेको ज्यान जोखिम मुक्तिमा प्रत्यक्ष भूमिका खेल्छ ।

      घाइतेको संवेदनशिल अंग भनेको टाउको ,घाँटी र गर्धन हो । घाइतेलाई एक जनाले टाउको अरूले कम्मर, कुम र खुट्टा गरि चार जनाको सहयोगमा सुरक्षित एवं समथर भागमा आरामसाथ राख्नुपर्दछ दोस्रो चरणको पहिलो काम भनेको तँपाइले घाइतेको स्वास्थ्य स्तिथिको जानकारी लिनु हो । घाइते चेत अवस्थामा छ वा छैन यसको जानकारी लिन तँपाइले घाइतेको कानमा गई तँपाइले मलाई सुन्न सक्नुहुन्छ भनेर ठुलो श्वरमा सोध्नुपर्छ । हामी आँखा खोल्नुहोस् भनेर पनि भन्नसक्छौ वा कुम समातेर हल्लाउन पनि सक्छौ । जसले घाइतेको अवस्थाबारे केही जानकारी दिन्छ । अचेत घाइतेको श्वासप्रश्वासमा केहि अप्ठारो छ कि भनेर हेर्नु पर्छ। निधारमा हातले पेलेर चिउडो उठाई मुखभित्र केही अड्केको छ भने निकालेलर श्वासप्रश्वासको बाटो खुलाउनु पर्छ । श्वास फेरे नफेरेको कुरा छाति र पेटको उठाई र बसाईबाट थाहा हुन्छ । यदि ५-१० सेकेण्डसम्म हामीले केही सुइँको नपाएमा घाइतको श्वासप्रश्वास रोकिएको थाहा पाउनुर्छ ।
अनि दोस्रो काम भनेको रक्तसञ्चारको जानकारी लिनु हो । हामीले घाइतेको नाडी समातेर बुढीऔँलाको अलिकति मूनिपट्टिबाट जाँच्न सक्छौं र अति महत्त्वपूर्ण भनेको रूध्दघण्टीको देब्रे र दाइने छामेर थाहा पाउन सकिन्छ । यदि रक्तसञ्चार छैन भने घाइतेको अवस्था गम्भिर भएको सम्झिनुपर्छ र त्यसअनुरूप अगाडि बढ्नुपर्छ वा छिटो भन्दा छिटो अस्पताल पु-याउनुपर्छ । यदि घाइतेले श्वास फेरिरहेको छैन तर रक्तसञ्चार छ भने तपाइँले कृत्रिम श्वासप्रश्वासको व्यबस्था मिलाउनु पर्ने हुन्छ ,जसमा तपाइँले घाइतेको टाउकोलाई पेलेर चिउँडो उठाई नाक बन्द गरि मुख खुलाउनुपर्छ । अब आफुले लामो श्वास लिएर घाइतेको मुखमा आफ्नो मुख जोडेर घाइतेको छाति नफुलेसम्म श्वास छोड्नुपर्छ । यो कार्य घाइतेले आफै श्वास फेर्न सक्ने हुने बेलासम्म प्रति मिनेट १० पटकका दरमा दिनुपर्छ । तपाइँले आफ्नो हातका औँला फट्याइ राखेर प्रतिमिनेट ८० चाप दिन सकिन्छ । अनि १५ चापको अन्तरमा २ कृत्रिम श्वास दिन सकिन्छ ।

     तेस्रो कामका रूपमा कतैबाट रगत बगिरहेको छ कि छैन हेर्नु पर्दछ । यदि रगत बगिरहेको छ भने त्यस वरिपरिको कपडा हटाई बाहिरी वातावरणमा देखाउनुपर्छ । कुनै डोरीले बाँध्नु भने हुदैन । कुनै सफा चिजले दबाएर राख्नुपर्छ वा टाउको लेबल भन्दा माथि उठाउनुपर्छ । चाहे त्यो घाइतेलाई पल्टाएर होस् वा अरू विधिबाट होस् ।
  अतः घाउ लागेको ठाँउमा ब्याण्डेज  धेरै कसिलो नहुनेगरि बाँध्नुपर्छ । जसले गर्दा रक्तसञ्चार स्थापित भइराखोस् । यदि धेरै नै रगत बगिरहेको छ भने जति सक्दो चाँडो अस्पताल पु-याउनुपर्छ ।
अर्को काम भनेको तपाइँले अति संवेदनशिल अंग टाउकोमा चोट लागेको छ वा छैन हेर्नुपर्छ । यदि छ भने घाउलाई नाङ्गो हातले छुनु हुँदैन र सफा प्याड बनाइ घाउमाथि राख्ने अनि बिस्तारै दबाब दिनुपर्छ । जब रगत बग्न बन्द हुन्छ ,त्यसलाई वरिपरिबाट ब्याण्डेजले बाँध्ने र घाइतेलाई टाउको र कुम उठाई आरामसाथ आडेस लगाइ पल्टाउनु पर्दछ ।
           अब तपाइँको अति गाह्रो र संवेदनशिल काम आयो, जसमा तपाइँले हड्डी भाँचिएको छ, छैन पत्ता लगाउने काम गर्नुपर्छ । यदि हड्डी भाँचिएको भए बिरामीलाई कत्ति पनि नहल्लिन आग्रह गर्नुपर्छ । आफ्नो हातले भाँचिएको ठाँउलाई सहायता दिनुपर्छ । यदि हड्डी भाँचिएर  घाउ भएको भए सफा कपडाको प्याड बनाई बिस्तारै दबाब दिनुपर्छ र ब्याण्डेज लगाउनु पर्छ । यदि खुट्टा भाँचिएको छ भने  ५-८ से. मि. बाक्लो कपडाको प्याड बनाई घुँडा र गोली गाँठो बिचमा हालेर जोडिने गरि बांध्नुपर्छ । बिचमा पनि २—३ ठाँउमा बाँध्न सकिन्छ । हात भाँचिएको अवस्थामा हात वरिपरि ब्याण्डेज लगाई शरिरमा बाँध्न सकिन्छ । जसले गर्दा अनावश्यक रूपमा हात नहल्लियोस् । यति कार्य गर्दासम्म प्रहरी र एम्बुलेन्स आइपुगेका हुन्छन् । त्यसपछि प्रहरीले आफ्नो प्रक्रिया पु-याएर  घाइतेलाई एम्बुलेन्समा राखेर अस्पतालतिर लैजान्छन् ।

       विश्वमा प्रशिध्द हस्तिहरूको नाम लिनुपर्दा माहात्मा गान्धी,नेल्सन मण्डेला ,  मदर टेरेसा, फ्लोरेन्स् नाइटिङ्गेल आदिको नाम लिइन्छ । यिनीहरू नै हुन् विश्वका हिरोहरू । यिनीहरू यति प्रशिध्द छन् कि सायद कमैले नाम नसुनेका होलान् । यिनीहरूमा कसैले विश्व शान्तिको र एकताको भाव जगाए भने कसैले घाइते, बिरामी,अशक्त, असहायमाथि सेवा गरे ।कतिले त निःस्वार्थ आफ्नो घरपरिवारको र स्वास्थ्यको समेत ख्याल नगरी अरूकै सेवामा ज्यान त्याग गरेका थिए । त्यसैले यति धेरै प्रशिध्द छन् । मलाई के लाग्छ भने गान्धिजिले न त  तपाइँको देशमा देश स्वतन्त्रताको अभियान चलाएका थिए, न त मदर टेरेसाले तपाइँको गाउँमा आएर समाजसेवा गरेकी थिइन् न त फ्लोरेन्स् नाइटिङ्गेलले तपाइँको घर नजिकैको प्रख्यात अस्पतालमा आएर काम गरेकी थिइन् । तर यिनीहरू विश्व प्रशिध्द छन् । त्यसैले मानिसले निःस्वार्थ सेवा गर्नुपर्छ । तपाइँले कसैको ज्यान गुम्नबाट बचाउनुभयो । त्यसैले तपाइँ हिरो बन्नुहुन्छ । चाहे समाजले मूल्याङ्कन गरोस् वा नगरोस्। सेवा निःस्वार्थ गरिरहनुपर्छ । "सेवा नै परम धर्म हो"