CARDIO SPCEIFIC HEALTH CAMP IN LAMJUNG, SIMIGAAUN 1st DAY

 पास्ट्रर पदम तामाङले आफ्नु गाउँ ताप्लेजुङको  दोर्दी गाउपालिका को सिमिगाउँमा Cardio Specific health Camp को लागि निम्ता गर्नु भयो! 




म  एक्दमै आतुर र उत्त्साहित थिए। बिहान ९ बजे काठ्मान्डु नक्खु दोबाटोबाट पास्टरको गाडिमा निस्क्यौ।  पास्टरले भने अनुशार बाटोको यात्रा लामोनै थियो लघभग ९ घन्टाको। काठमाडौ र  पोखराको जस्तो विकसित सुन्दर नगरिको बिच भुभागमा हुने सुन्दर सौभाग्य पाएर पनि बिकासको मामलामा निकै पछि रैछ सिमिगाउ। तर कच्ची बाटो हिमाल सम्मै पुगेको रैछ! 

काठमाडौबाट मुग्लिन हुँदै आबुखैरेनिबाट दायाँ मोडिएर उदिपुर बजार सम्म आफ्नै साधनमा आइपुग्न  झन्डै ८ घन्टा लाग्यो! त्याहा आइपुग्दा  साझको ठ्याक्कै ५ बजेको थियो। बाटो सुगमनै थियो उदिपुर बजार सम्म!  हामिलाइ उदिपुर बजारमा टिप्न कच्चि बाटो छिछोल्दै २ घण्टाको ओरालो आएका रहेछन ड्राइभरदाइ! म त निकै थाकी सकेको थिए । बाटोमा आउदै गर्दा सेताम्मे भएर हासेका हिमालले केही उर्जा  थप्थे। उदिपुर बजारसम्मकै यात्राले म थकित भैसकेको थे!  हामिले कार बाट समान ड्राइभर दाइको गाडिमा सारिम अनि फेरि त्यही २ घण्टाको उकालो चडिम महिन्द्रा जिपमा दोर्दी खोला तर्दै। 



बाटो एक्दमै कच्चि थियो। बर्खाको समय हुदो हो त बाटो हिंड्न लाएक हुन्थेन होला सायद। उचलिदै पछरिदै हल्लिदै ठोकिँदै करिब २ घण्टा उकालो हिडेर आइपुग्यौ सिमिगाउ। राहातको सास फेरियो!  मेरा लागि गाडीको लामो यात्रा आफैमा कहिलै सुखद हुदैन र म त्यति रमाउदिन पनि। गाडी सन्झियो को चक्कर आउँछ। यसपटक कारमा पनि नियति त्यही भयो! हामी साझको ७ बजे तिर सिमिगाउ पुग्यौं, रात झमकै परि सकेको थियोे। ठुला डाडा हरुको बिचमा भएर होला डाडाको छाया र छोटो दिनको फाइदा उठाउदै सिमिगाउले ७ बजे नै रात पार्दो रहेछ। तर दुइवोटा ठुला पाहाडको बिच बाट सिधा माथी टल्कियको बुद्ध हिमालको दृश्य त्यो अध्यारोमा कम हेर्न लाइकको भने थिएन। मन एक्छिन खुबै लोभियो। एकजना दिदिले त झन बिहानको दृश्य त कुर्नुस यो भन्दा त्यो अझ सुन्दर हुनेछ भनेपछी मन अझ बेचैन र बिहानलाइ कुर्न आटुर भयो।


सेताम्मे हिमालको काखमा अत्तिनै सुन्दर गाउँ रैछ सिमिगाउ! गुरुङ तामाङ को बाहुल्ले भएको सानू बस्ती रैछ। राती मा पनि मोतिका दानाझै  चम्केका थिए लहरै हिमाल! केही बेर फ्रेश भएपछी खाना खानको लागि निम्ता दिनु भयो। पाल सिङ तामाङ दाइले आफ्नै घरमा भान्छाको व्यवस्ता गर्नु भएको रहेछ। यो गाउकै होम स्टे भन्दा कुनै कम थिएन।  भान्छामा छिरिम अनि ठ्याक्कै आफ्नु पुर्ख्यौली घर र गाउले  परिभेस याद आयो अनी  याद आयो बच्पना ... बजैले कुच्चेको थाली मा पस्केर भात अगेनामा बसालेर कडै बाटा फियुस को डाडुले दुई डाडु दूध हालेर, ल माइला खा भात भनेको  याद  आयो! मन एक्छिन बिटुलियो बजैलाइ सम्झेर!  पाल सिङ्ग दाइ भात पस्किदै हुनुन्थियो मैले केही थान फोटा खिचे याद्का लागि। वोदान थियो, वोदानमा आगो दन्किरहेको थियो। खुबै फिल्का परेका थिए, हिमालका दाउरा राम्रै हुदा रैछन क्यारे मन्मनै अड्ड्कल काटे। खाना पाकिसकेको थियो। वोदानकै छेउमा एउटा बिरालो गौरालो भएर बसिरहेको थियो। कोठा धुवामय थियो। चुरोटले भन्दा बढी असर गर्छ पक्कै पनि त्यो मात्राको धुवाले। वोदानको माथि झुन्ड्याइएको सामानहरु सुकाउने Hanger जस्तो केही चिज थियो। दशै तिहारमा मासु सुकाउन औधी काम आउँछ रे त्यो hanger। वोदानमा पानी ताती रहेको थियो। भान्छा कोठाको दृश्यमा म रमाइरहेको थिए मन बहकाइरहेको थिए , धेरै पछि गाउँको अनुभूति जो गर्न पाएको थिए।  

आजको भन्छा एक्दम special थियो। जिबनमा पहिलो पटक ढिढो  खादै थे त्यो पनि #भ्यागुत्ताको मासु र सुप सङ्ग!  ओहोहो... बेग्लै र स्वादिस्ट हुदो रैछ। येता "पा" भन्दो रैछ अलि ठूलो किसिमको भ्यागुत्तो। एउटैको ४ देखि ५ सय रुपैया सम्म पर्दो रहेछ। बनाउन पनि कुनै तरिका थियो कि कुन्नी औधी मिठो बनाउनु भाथ्यो पाल सिङ्ग दाइले। हिमाली हावा  र चिस्सो मुलको पानीले सिचेर उम्रेको रायोको साग  अनि आलु को तरकारी; अहिले पनि जिब्रो मा लागि रहेको छ त्यो स्वाद। 



येता विद्युत  हाउसहरु स्थपना भएदेखी सबै कुरा ब्यापारिकरण भैसकेछ, पाल सिङ्ग दाइ भन्दै हुनुन्थियो, "पहिला त लौ लौ खाउ खाउ भनेर फालाफाल दिन्थे   जे चिज पनि, अहिले त विद्युत हाउस आएबाट जे पनि अभाब हुन्छ सबै कुरा महङो बनाइदेकाछन तिनी हरुले किनेर खने गरेर!"


मेरो एक्जना दाइपनी येतैको विद्युत हाउसको स्काभेटर चलाउनु हुन्थियो, पालसिङ्ग दाइले चिन्नु हुदोरैछ मेरो दाइलाइ, खाना खाइसकेपछी एक्छिन  मेरो दाइको बारेमा पनि कुरा गर्यौ। "मेरो दाइ धेरै इमान्दार र सोझो हुनुन्थियो रे! इन्चार्ज बनाएर राखेको थियो रे कम्पनिले"। पाल सिङ्ग दाइको भतिज पनि मेरो दाइकै अन्डरमा काम गर्थे रे!   ३ बर्ष पहिला मेरो Basic Science को पढाइ सकिएपछी को १ हप्ते बिदा मा दाइसङ्ग लम्जुङ्ग घुम्न जाने plan  थियो तर कारण बस Cancle भथ्यो, आखिर त्यति बेला आएको भएपनी येहि गाउमा आइने रैछ! सम्झेर मन मनै मख्ख परे! यहि दाइलाइ फोन घुमाए , एक्छिन कुरा गरिम , दाइपनी मख्ख पर्नु भो; येता को बारेमा अलि बयान गर्नु भो। दाइले खासमा येता काम गर्न छोडी सक्नुभाको थियो। फोने गर्दिन्छु office मा जा न त राम्रै खतेदारी गर्छन मेरो भाइ भनेर भन्नू हुँदै थियो म भ्याउदिन भने अनि एत्तिकैमा मख्ख परेर फोने राखियो। Sanjay सर लाइ यो coincident सुनाए ; सर पनि हास्नु भो। हामी सुत्ने तर्खर मा लाग्यौ। 

Camp का लागि आएका सबै जसो मान्छे येहिका local हरुको घरमा सुत्ने चाजो मिलाएर सुतेम। हामी पनि चर्चको पछाडी दुई वोटा कोठा रैछन; म र sanjay सर त्यही सुतिम।

समग्रमा दिन अलि थकान अलि उत्साहा अलि नया अनुभूति अलि नयाँ पन का साथ बित्यो। Was actually a memorable day. Awww awww ... It was my first long route drive in a car😂